काठमाडौं । अष्ट्रेलिया क्रिकेट टिमका पूर्व बलर एस्ली मालेटको निधन भएको छ ।
क्यान्सरको कारण मालेटको ७६ वर्षको उमेरमा निधन भएको हो ।
अफ स्पिनर मालेटले अष्ट्रेलियाका लागि ३८ टेस्ट खेलेका थिए ।
सन् १९६८ देखि १९८० सम्म राष्ट्रिय टिममा रहेका मालेटले १ सय ३२ विकेट लिएका थिए ।
क्रिकेटबाट सन्यास लिएपछि मालेटले लेखक रपत्रकारको परिचय बनाएका थिए ।