काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।
दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।
जासन रोयले २२ रन जोड्दा डाविड मालन ८ रनमा आउट भए ।
जोनी बेयर्सटो रनमा १६ रनमा अविजित रहे ।
अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए । एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे ।
मिचेल मार्श १३, पाट कुमिन्स १२, ग्लेन म्याक्सवेल ६ र डेभिड वार्नर १ रनमा आउट भए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २/२ विकेट लिए ।
आदील राशिद र लियाम लिभिङस्टोनले १/१ विकेट लिए ।
जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ ।
इंग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ ।
समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
अष्ट्रेलिया ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अष्ट्रेलियाको यो पहिलो हार हो ।