अष्ट्रेलियाका पूर्व क्रिकेटर डेभिडसनको निधन
शनिबार, कार्तिक १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलिया क्रिकेट टिमका पूर्व खेलाडी एलन डेभिडसनको निधन भएको छ ।
पूर्व अलराउण्डर डेभिडसनको शनिबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
डेभिडसनले १९५३ देखि १९६३ सम्म अष्ट्रेलियाका लागि खेलेका थिए ।
डेभिडसनले अष्ट्रेलियाका लागि ४४ टेस्टमा १ सय ८६ विकेट लिएका थिए ।
जसमा डेभिडसनले १३ सय २८ रन जोडेका थिए ।
डेभिडसनले १ सय ९३ फस्ट क्लास क्रिकेटमा ६ हजार बढी रन बनाएका थिए ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)