काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतविरुद्ध पाकिस्तानको जितको खुसियाली मनाउनेहरुमाथि देशद्रोहको मुद्दा चलाइने बताएका छन् ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आईतबार पाकिस्तानले भारतमाथि १० विकेटको जित दर्ता गरेको थियो ।
सोही खेललाई लिएर पाकिस्तानको जितमा खुसियाली मनाउनेहरुमाथि देशद्रोहको कानून लाग्ने आदित्यनाथले चेतावनी दिएका हुन् ।
पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा बुधबार आग्राबाट तीन जना कस्मिरी विद्यार्थीलाई पक्राउ गरिएको थियो ।
उनीहरु अध्ययनरत इन्जिनियरिङ कलेजले समेत उनीहरुलाई कलेजको होस्टेलबाट समेत निलम्बन गरेको थियो ।
अर्कोतर्फ उत्तर प्रदेश प्रहरीले खुसियाली मनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।