होल्डर विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा
बिहिबार, ११ कार्तिक २०७८खेलपाटी संवाददाता
काठमाडौं । वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि जासन होल्डरलाई टिममा समावेश गरेको छ ।
टिमका ओबेड म्याककोय खुट्टाको चोटका कारण खेल्न नसक्ने भएपछि अलराउन्डर होल्डरलाई टिममा बोलाइएको हो ।
होल्डरले २७ टी–ट्वान्टी सहित १ सय ९९ अन्तर्राष्ट्रिय खेलेका छन् ।
यस अघि होल्डरलाई वेस्ट इन्डिजले आफ्नो रिजर्भ खेलाडीको सूचीमा राखेको थियो ।
युएई र ओमानमा जारी टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले राम्रो प्रदर्शन गर्न सकेको छैन । उसले खेलेको दुबै खेलमा पराजय भागेको छ ।
यस अघि होल्डर टिमबाट बाहिरिएको समाचार आएपनि आईसीसीले सो सूचनालाई सच्याएको छ ।











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
