काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टीको ब्याटिङ वरीयतामा सुधार भएको छ ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको वरीयता अनुसार भुर्तेल ५७ औं स्थानमा उक्लिएका छन् ।
यस अघि भुर्तेल ६० औं स्थानमा रहेका थिए ।
ब्याटिङतर्फ नेपालका पूर्व कप्तान पारस खड्का भने ९५ औं स्थानमा झरेका छन् । यस अघि उनी ९१ औं स्थानमा रहेका थिए ।
यता वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल पनि दुई स्थान तल झर्दै ९७ औं स्थानमा आएका छन् । उनी यस अघि ९५ औं स्थानमा थिए ।
बलिङतर्फ सन्दीप लामिछाने ८८ औं स्थानमा झरेका छन् । उनी यस अघि ७८ औं स्थानमा रहेका थिए ।