काठमाडौं । बंगलादेशका मोहमद सैफुदीनले टी-ट्वान्टी विश्वकप क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
चोटको कारण बलिङ अलराउण्डर सैफुदीनले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । सैफुदीनले ढाडको चोट बोकेको बताईएको छ ।
बंगलादेशले सैफुदीनको स्थानमा रुबेल हसनलाई टिममा बोलाएको छ । हसन यस अघि रिजर्भ लिस्टमा रहेका थिए ।
विश्वकप अन्तर्गत बंगलादेशले बुधबार इंग्ल्यान्डको सामना गर्नेछ ।
सुपर १२ मा बंगलादेश पहिलो जितको खोजीमा रहेको छ ।