काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटवार्ता गरेका छन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले मंगलबार खेलकुदमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा क्यानका पदाधिकारीले खेलकुदमन्त्री गहतराजलाई नेपाली क्रिकेटको गतिविधिबारे जानकारी गराएका थिए ।
यस्तै खेलकुदमन्त्री गहतराजसँग विद्यालय क्रिकेटको लागि सहयोगका लागि अनुरोध गरिएको क्यानले जनाएको छ ।
क्यानको टोलीले विद्यालय स्तरीय क्रिकेटलाई प्राथमिकतामा राखेर नेपालको क्रिकेट संरचनालाई परिमार्जन गर्ने विस्तृत योजना पनि बुझाएको थियो ।
यस अघि क्यान पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका थिए ।