स्विडेनको सहज जित
बुधबार, २७ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्विडेनले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा स्विडेनले ग्रीसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्विडेनले १० मिनेट भित्र दुई गोल गर्दै जित निकालेको हो ।
खेलको ५९ औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट स्विडेनले सुरुआती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा एलेक्सजेण्डर इसाकले गोल गर्दै स्विडेनलाई २-० को जित दिलाए ।
यस्तै खेलको ८६ औं मिनेटमा पानटेलिसले रातो कार्ड पाएपछि ग्रीस १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै समूह बी को स्विडेनले ६ खेलमा १५ अंक जोडेको छ ।
स्विडेन शीर्ष स्थानमा रहेको छ ।
ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।













-1767335931387.jpeg&w=3840&q=75)