रानिएरी वाट्फोर्डको मुख्य प्रशिक्षक
सोमबार, १८ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले क्लाउडियो रानिएरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
वाट्फोर्डले आइतबार मुनोजलाई बर्खास्त गरेको थियो ।
इटालियन प्रशिक्षक रानिएरीले पछिल्लो पटक साम्पडोरियाको टिम सम्हालेका थिए ।
६९ वर्षीय रानिएरीले लेस्टर सिटीलाई सन् २०१५/१६ को सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
तर, त्यसको अर्को सिजन रानिएरी बर्खास्तमा परेका थिए ।









-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)



-1776739058950.jpeg&w=3840&q=75)