बंगलादेशसँग रोकियो भारत
सोमबार, १८ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार भारत बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो ।
खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७४ औं मिनेटमा यसीन अराफतले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाए ।
यस्तै खेलको ५४ औं मिनेटमा डिफेन्डर विश्वनाथ घोसले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।
भारतले भने बराबरीबाट प्रतियोगिताको सुरुआत गरेको छ ।








-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)