टोटेनहमको संघर्षपूर्ण जित
आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २७ औं मिनेटमा पिएरे इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६७ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा एस्टनका म्याट टार्गेटले आत्मघाती गोल गरेपछि टोटेनहमले २-१ को जित निकालेको हो ।
जितसँगै टोटेनहमले ७ खेलमा १२ अंक जोडेको छ ।
टोटेनहम आठौं स्थानमा रहेको छ ।
एस्टन १० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २-२ गोलको बराबरी खेलेको छ ।
ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २-१ ले हराएको छ ।







-1767323467090.webp&w=3840&q=75)




-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)