वाट्फोर्डका प्रशिक्षक मुनोज बर्खास्त
आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई १० महिनामै बर्खास्त गरेको छ ।
प्रिमियर लिगमा उत्कृष्ट नतिजा निकाल्न नसकेको भन्दै वाट्फोर्डले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो।
सन् २०२० को डिसेम्बर क्लबमा आवद्ध भएका ४१ वर्षीय स्पेनिस मुनोजले वाटफोर्डलाई प्रिमियर लिगमा बढुवा गराएका थिए ।
लिगमा सात खेल खेलेको वाट्फोर्ड अहिले सात अंक सहित १४ स्थानमा छ ।
मुनोजको अन्तिम खेल गत शनिबार लिड्स युनाईटेडविरुद्धको खेल थियो जसमा वाटफोर्डले १-० को पराजय भोगेको थियो ।







-1767323467090.webp&w=3840&q=75)




-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)