बार्सिलोनामाथि एट्लेटिकोको सानदार जित
शनिबार, १६ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा सुआरेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)