चेल्सी शीर्ष स्थानमा
शनिबार, १६ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक एक गोल गरे ।
साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए ।
खेलको ७७ औं मिनेटमा जेम्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै चेल्सीले ७ खेलमा १६ अंक जोडेको छ । र, चेल्सी शीर्ष स्थानमा उक्लिएको छ ।
साउथह्याम्पटन ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा आर्सनलले ब्राइटनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)