काठमाडौैं ।लेट्स ब्रेक समूहले नेपाल ब्रेकिन च्याम्पियनसिप अन्तर्गन फाइभ भर्सेस फाइभ ब्रेकिनको उपाधि मंगलबार जितेको छ ।
त्रिपुरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत उक्त समूहबाट प्रिन्स तुलाचन, रोशन परियार, रोशन थापा, कृष्ण पुन र किरण पेमी मगरले प्रतिस्पर्धा गरेका थिए ।
१२ टिम सहभागी सो स्पर्धाको उपाधिसंगै लेट्स ब्रेकले ५० हजार नगद पुरस्कार जित्यो । माइग्रेटिङ लायन्स दोश्रो हुँदै २० हजार नगद पुरस्कार हात पार्यो ।
नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्ट्स संघद्वारा आयोजित प्रतियोगिताको आर १६ नेपाल स्पर्धामा श्याम महर्जन पहिलो बने । उनले ताइवानमा हुने आर १६ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । रोशन थापा दोश्रो भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । यो स्पर्धामा ३४ प्रतिस्पर्धी सहभागी थिए ।
दुईदिने प्रतियोगिताका विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक डान्स स्पोर्ट्स संघका अध्यक्ष ईश्वर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।