नियोनसाबाको विश्व कीर्तिमान
बुधबार, ३० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बुरुण्डीको धाविका फ्रान्सिन नियोनसाबाले महिलाको २ हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएकी छिन् ।
कन्टिनेन्टल गोल्ड टुर सिरिज अन्तर्गत क्रोएसियाको जाग्रेबमा भएको दौडमा नियोनसाबाले कीर्तिमान बनाएकी हुन् ।
नियोनसाबाले निर्धारित दुरी ५ मिनेट २१ दशमलब ५६ सकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।
यस अघि इथोपियाकी जेन्जीबी डीबाबाको नाममा कीर्तिमान रहेको थियो।
डीबाबाले २०१७ मा ५ मिनेट २३ दशमलब ७५ सकेन्डको समय निकाल्दै कीर्तिमान बनाएकी थिइन् ।















-1767006224106.jpeg&w=3840&q=75)
