बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दौडिएला भलिबल ?

आइतबार, २७ भाद्र २०७८हिम बिक्रम केसी
दौडिएला भलिबल ?
Loading ad...
mustang rice ad

काठमाडौं । गत हप्ताको सुखद खबर, भलिबलको पनि फ्रेन्चाइज हुने पक्का भयो ।

निर्वाण चौधरी नेतृत्वको नेपाल स्पोर्ट्स इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनीले एनएसएल भलिबल आयोजनाको सम्झौता गर्यो ।

फ्रेन्चाइज आयोजनाका लागि धेरै व्यक्ति र संस्था इच्छुक थिए । राखेप र भलिबल संघको जोड चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण नेतृत्वको एनएसएलमै रह्यो ।

नहोस पनि किन ?

संघलाई तत्कालै लाभ दिन सक्ने चौधरीको टिमभन्दा अरु थिएन ।

भलिबल संघको वार्षिक कार्यक्रम अर्को महिला एनभीए कप हुदैछ । प्रायोजक नपाएर प्राय भलिबल संघ ‘बितडा’ पर्ने गरेको थियो । अब फ्रेन्चाइजको अनुमती पाएसंगै चौधरीले सो प्रतियोगितालाई राम्रै प्रायोजक दिनेछ । सम्झौतामै त्यो उल्लेख छ ।

जसरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले विद्यालय स्तरीय फुटबल प्रतियोगिताका लागि ‘क्विक्स’को प्रायोजक पाएको थियो । ‘क्विक्स’को प्रायोजक भेटेपछि नै एन्फा अध्यक्ष शेर्पाले निर्वाण चौधरीलाई फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग फुटबलको अनुमती दिएका थिए ।

अर्को कुरा, फ्रेन्चाइजको नाफाको ३० प्रतिशत भलिबल संघले प्राप्त गर्नेछ । आफै राष्ट्रिय प्रतियोगिता गर्न धौ धौ पर्ने संघलाई फ्रेन्चाइजको फाइदाबाट आउने ३० प्रतिशत रकम कम हैन ।

यो त सम्झौताका कुरा भए । यसको कार्यान्वयन कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ ।

मुख्य कुरा अब भलिबलका प्राविधिक र खेलाडीले वार्षिक केही लाख कमाउने भए, त्यो फ्रेन्चाइजको सुखद पक्ष हो ।

त्यही देखेर भलिबल संघका पदाधिकारीले चौधरीलाई १० वर्षकालागि भलिबलको फ्रेन्चाइज आयोजना गर्न दिने सहमती गरेका हुन् ।

तर यसका केही कानुनी प्रश्नहरु छन् ।

भलिबल संघको वर्तमान कार्यसमितिको म्याद सकिएको करिब डेढ वर्ष भयो । राखेपले निर्वाचन नगराएर तदर्थवादमा संघ सञ्चालन गरिरहेका छ ।

त्यसैले संघ, यसको पदाधिकारी, यसका निर्णयको वैधानिकतामाथिको प्रश्न यथावत छ ।

म्याद सकिएको संघको कार्यसमितिले १० वर्षका लागि कुनै नीजि कम्पनीलाई फ्रेन्चाइज आयोजनाको अनुमती दिने निर्णयको वैधानिकताको परिक्षण कुनै समय पक्कै हुनेछ ।

तर फ्रेन्चाइजले नेपालको ‘अन्डररेटेड’ भलिबललाई उजागर गर्नेमा शंका छैन ।

भलिबल राष्ट्रिय खेल मात्र नभएर नेपालको लोकप्रिय खेल हो । हिमाल, पहाड, तराई, मधेशमा खेलिने एकमात्र खेल हो । नेपाली समाज, परिवेश र पहिचानको खेल हो । त्यसैले यो राष्ट्रिय खेल बन्यो ।

तर दुर्भाग्य भलिबलले कहिल्यै गतिलो नेतृत्व पाएन । जति पनि आए भलिबललाई अघि लैजाने प्रष्ट दृष्टिकोण उनीहरुसंग थिएन । केन्द्रमै वर्षका १–२ प्रतियोगिता गरेर कार्यकाल बिताए ।

वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माले त केही गरे । तर त्यसअघिका सबै नेतृत्वले भलिबल संघलाई राजनीतिक भर्याङ्ग बाहेक केही बनाएनन् । पदीय लाभ र व्यक्ति स्वार्थमा संघलाई प्रयोग गरे ।

भलिबललाई योजना, कार्यक्रम र नेतृत्व दिन सकेनन् ।

जति आए, आफ्नो पुरा कार्यकाल कामै गरेनन् । दानबहादुर तामाङ आएपछि सुतेको भलिबल उठेको मानिन्छ । त्यसपछि मनोरञ्जनरमणले केही रंग भर्ने काम गरे । तर यसलाई दौडाउन सकेनन् ।

भिजन र मिसन दिन सकेनन् ।

उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । उनी केही समय अघि कार्यवहाक छाडेर अमेरिका गएका थिए । त्यसअघि दानबहादुर तामाङ समेत अध्यक्ष निर्वाचित भएर केही समय निष्कृय बसेका थिए । कसैले भलिबललाई दौडाउन चाहेनन्÷सकेनन् ।

भलिबलका आफ्नै समस्या छन् । फुटबल र क्रिकेट जस्तो संघ व्यवस्थित छैन । आफ्नै कार्यालय छैन । कर्मचारी छैनन् । राष्ट्रिय भलिबलको आफ्नै खेल्ने कभर्डहल छैन ।

पोहर साल झण्डै करोड रुपैयाँ भलिबलको डीपीआर गर्नका लागि सरकारले रकम दिएको थियो । तर  जग्गा विवादले डीपीआरनै बनेन । रकम फ्रिज भो ।

संघ व्यवस्थित छैन । व्यवसायीक छैन । संघका पदाधिकारीमा व्यवसायीकताको कमी छ ।

सुचना प्रभाव र भलिबलको प्रचार प्रसार गर्ने रणनीतिक योजना छैन । पत्रकारले समाचार लेखेको अवस्थामा सुचना कहाँबाट पाइस् भनेर गुनासो गर्ने पदाधिकारी संघभित्र छन् ।

भलिबलका अनेक दुख छन् । तर नेतृत्व प्राय गैर जिम्मेवार जस्तो देखिन्छ ।

घरेलु भलिबललाई कसरी सञ्चालन गर्ने ? कहाँ पुर्याउने ? भन्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन रणनीति योजना छैन । योजना बिनाको कार्यक्रम र क्रियाकलापको के अर्थ ?

लक्ष्य बिना हिडेर पुग्ने ठाउँनै कहाँनै होला र ?

खेलकुद व्यवसायीक बन्न नसकेरपनि भलिबलले दुख पाएको हुनुपर्छ ।

फुटबल, क्रिकेट जस्तो विदेशी अनुदान नभएर पनि यसको विकास र समृद्धिमा असर परेको हुनुपर्छ । तर तमाम समस्याको समाधान गर्न सक्नेनै नेतृत्वको जिम्मेवारी हो ।

नत्र किन पद ओगट्नु ?

किन जिम्मेवारी लिनु ?

यहीँ सन्दर्भमा भलिबलको फ्रेन्चाइजको सुखद समाचार आएको छ ।

कार्यवहाकको जिम्मेवारी सहित उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्रबहादुर चन्द लगायतका पदाधिकारीले यसलाई सार्थक बनाउन मेहनत गरेका छन् ।

भलिबल अब रोकिएर बस्ने छैन ।

एनएसएलको ‘स्लोगन’नै छ, ‘अब खेल्न नेपाल’ ।

फ्रेन्चाइजको आगमनसंगै के दौडिएला त भलिबल ?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा