डर्टमण्डको जितमा हालाण्डको दुई गोल
शनिबार, २६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
लिभरकुसेनको मैदानमा अर्लिङ हालाण्ड चम्किएपछि डर्टमण्डले जित निकालेको हो ।
हालाण्डले दुई गोल गरे । यस्तै जुलियन ब्रान्ट र राफायल गुइरिएरोले एक एक गोल गरे ।
लिभरकुसेनका प्याट्रिक सिक, फ्लोरिन विर्ट्ज र मोउसा डियाबेले एक एक गोल गरे ।
यस जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ ।
डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।
लिभरकुसेन ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।













-1767162700754.jpg&w=3840&q=75)