सिटीको जितमा सिल्भाको गोल
शनिबार, २६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको मैदानमा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले निर्णायक गोल गरे ।
सिल्भाले खेलको ६२ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले ४ खेलमा ९ अंक जोडेको छ ।
लेस्टर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अन्य खेलमा उल्भ्सले वाट्फोर्डलाई २-० ले हराएको छ ।
ब्राइटनले ब्रेन्टफोर्डलाई १-० ले हराउँदा साउथह्याम्पटन र वेस्ट ह्याम गोलरहित बराबरीमा रोकिएको छ ।













-1767162700754.jpg&w=3840&q=75)