आर्सनलको पहिलो जित
शनिबार, २६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले निर्णायक गोल गरे ।
खेलको ६६ औं मिनेटमा औबामियाङले गोल गरेका थिए ।
जितसँगै आर्सनलले ४ खेलमा ३ अंक जोडेको छ ।
आर्सनल १६ औं स्थानमा रहेको छ ।
आर्सनलले सुरुवाती ३ खेलमा लगातार हार व्यहोरेको थियो ।
नर्विचको यो लगातार चौंथो हार हो ।
अंक विहीन नर्विच पुछारमा रहेको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)