काठमाडौं । पागलपन, विश्वास नै गर्न नसकिने, हावादारी निर्णय ।
यस्तै यस्तै प्रतिक्रिया आएका छन्, आर आश्विनले इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारतका लागि खेल्न नपाएपछि ।
प्रश्न स्वभाविक पनि छ, के भइरहेको छ त आश्विनलाई लिएर ? आखिरमा उनी टेस्ट वरीयताको दोस्रो स्थानमा भएका बलर हुन् ।
भारतीय क्रिकेट इतिहासमै उनी चौथो सफल बलर हुन् । तर पनि उनले ओभरमा सुरु भएको टेस्टमा स्थान पाएनन् । त्यसैले भारतको खेलाडी छनोट प्रक्रियाको पनि खुबै आलोचना भइरहेको छ ।
यी ३४ वर्षीय बलरले ४ सय १३ विकेट लिएका छन् र उनी भन्दा बढी विकेट लिने बलरको संख्या समग्रमै १४ मात्र छ । गज्जब त के भने उनले सिरिजमै अहिलेसम्म खेल्न पाएका छैनन् ।
छ महिना अगाडि मात्र भारतले इंग्ल्यान्डलाई घरमा ३–१ ले पराजित गर्दा आश्विनले ३२ विकेट लिएका थिए, १४.७१ को औसतले ।
इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले भनेका छन्, ‘मलाई त आश्विनले किन खेल्न पाइरहेका छैनन् भनेर विश्वास भइरहेको छैन् ।
यो जत्तिको खराव खेलाडी छनोट अरू हुन सक्दैन् ।’
इंग्ल्यान्डका पूर्व स्पिनर फिल टफनलले पनि आश्विनले खेल्न नपाएकोमा दु:ख पोख्दै उनी भारतलाई छाडेर अन्य टिममा भएका भएपछि स्वत: छनोट हुने विचार पोखेका छन् ।
भारतकै पूर्व खेलाडी दीपदास गुप्ताले पनि ओभलमा पिचले स्पिनरलाई मदत गर्ने भएपछि आश्विनले खेल्न नपाउनु अविश्वसनीय भएको बताएका छन् ।
–बीबीसीको सहयोगमा ।