बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बाहिरियो श्रीलंका

बुधबार, १३ फाल्गुण २०८२खेलपाटी संवाददाता
बाहिरियो श्रीलंका
Loading ad...
mustang rice ad

काठमाडौं। घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ। लगातार दोस्रो हारसँगै श्रीलंकाको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो।

न्यूजिल्यान्डले ६१ रनको जित दर्ता गर्दै सुपर एट चरणबाट श्रीलंकालाई बाहिर पठाएको हो। १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुआत अत्यन्तै कमजोर रह्यो। इनिङ्सको पहिलो बलमै पाथुम निसांका म्याट हेनरीको बलमा बोल्ड आउट भए। तेस्रो ओभरको पहिलो बलमा चरिथ असलंकालाई पनि हेनरीले आउट गरे, त्यसबेला श्रीलंकाको स्कोर मात्र ६ रन थियो।

कुशल मेन्डिस र पवन रथनायकेले पारी सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। रचिन रविन्द्रको बलमा अगाडि बढ्दा मेन्डिस स्टम्प आउट भए। त्यसपछि अर्को बलमै रथनायके पनि आउट भए। टोलीको स्कोर २९ रन पुगेको थियो।

कप्तान दासुन शनाकाले पनि लामो समय टिक्न सकेनन्। ५ बलमा ३ रन बनाएर उनी रचिनकै बलमा फिन एलेनको हातमा क्याच दिएर फर्किए। टोलीको ५९ रन हुँदा दुनिथ हेमन्थालाई पनि रचिनले आउट गरे।

एक छेउ सम्हालेर संघर्ष गरिरहेका कामिन्दु मेन्डिसले २३ बलमा ३१ रन बनाए पनि उनलाई मिचेल स्यान्टनरले आउट गरे।

अन्ततः श्रीलंका १०७ रनमै अलआउट भयो। कोलम्बोस्थित आर. प्रेमदासा रंगशालामा टस जितेर श्रीलंकाले न्यूजिल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। टिम सिफर्ट र फिन एलेनले न्यूजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए।

तर टोलीको ८४ रन पुग्दा ६ विकेट गुमाएपछि न्यूजिल्यान्ड दबाबमा परेको थियो। त्यसपछि कोल म्याककन्ची र मिचेल स्यान्टनरले ४७ बलमा ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै न्यूजिल्यान्डले १६८ रन बनायो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने