दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

काठमाडौं। दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित गरेको छ।
सुपर एटमा भारतपछि वेस्ट इन्डिजलाई पनि ९ विकेटले दक्षिण अफ्रिकाले सहजै हराएको हो।
१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो।
दोस्रो जितसँगै सेमिफाइनलमा स्थान लगभग सुरक्षित गरेको छ। अन्तिम खेलमा अप्रत्याशित नतिजा नआएसम्म दक्षिण अफ्रिकाको अन्तिम चारमा स्थान पक्का जस्तै देखिएको छ।
कप्तान एडेन मार्कराम र क्विन्टन डि ककले आक्रामक सुरुआत गर्दै पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे। डि ककले २४ बलमा ४७ रन बनाएर आउट भए।
त्यसपछि मार्करामले अर्धशतक पूरा गर्दै रियान रिकेल्टनसँग अविजित ८१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। मार्कराम ४६ बलमा ८२ रन बनाएर अविजित रहे भने रिकेल्टन २८ बलमा ४५ रनमा नटआउट रहे। वेस्ट इन्डिजका तर्फबाट रोस्टन चेजले एक मात्र विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो। सुरुआतमै ८३ रन बनाउँदा ७ विकेट गुमाएर संकटमा परेको टोलीलाई जेसन होल्डर र रोमारियो शेफर्डले उकासेका थिए।
दुवैले आठौं विकेटका लागि ८९ रनको महत्त्वपूर्ण साझेदारी गरे। होल्डरले ३१ बलमा ४९ रन बनाए भने शेफर्ड ३७ बलमा ५२ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए भने कागिसो रबाडा र कोर्बिन बोशले समान २–२ विकेट हात पारे।











-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)