लुकाकु चम्कदा बेल्जियमको जित

एजेन्सी । रोमेलु लुकाकु चम्किएको खेलमा बेल्जियमले इस्टोनियालाई हराएको छ ।
बिहिबार राति बेल्जियमले इस्टोनियालाई ५–२ गोल अन्तरले हराएको हो ।
लुकाकुले बेल्जियमका लागि ६६ गोल पुरा गर्दा बेल्जियमले घरेलु टिमविरुद्ध पुनरागमन जित निकालेको हो ।
इस्टोनियाको कप्तान माटियास केटले खेलको सुरुवातमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । हान्स वानकेनेले विश्व नम्बर एक टिमका लागि बराबरी गोल फर्काए ।
लुकाकुले उत्कृष्ट प्रर्दशन गर्दै लगातार दुई गोल गरेपछि बेल्जियम ३–१ को अवस्थामा पुगेको थियो । लुकाकुले बेल्जियमका लागि ८८ क्याप पुरा गरेका छन् ।
बेल्जियमका लागि एक्सन विटसेल, थोमस फोकेटले समान एक एक गोल गरे । खेलको अन्तिम गोल इस्टोनियाका एरिक सोरगाको नाममा रह्यो ।
बेल्जियम चार खेलबाट १० अंक सहित समूहको इको शीर्ष स्थानमा छ । चेक रिपब्लिक ७ अंक सहित दोस्रो स्थानमा छ । उसले समेत बेलारुसलाई १–० ले हरायो ।
वेल्सको गए राति कुनै खेल थिएन । उसले दुई खेलबाट तीन अंक जोडेको छ ।







-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)
