२८ वर्षमा स्पेनको पहिलो हार

एजेन्सी । विश्वकप छनोटमा स्पेनले पछिल्लो २८ वर्षमा पहिलो हार ब्यहोरेको छ ।
बिहिबार राति युरोपियन छनोट अन्तर्गत स्पेनले स्विडेनसंग २–१ गोल अन्तरको हार ब्यहोरेको हो ।
सन् १९९३ पछि स्पेन पहिलो पटक विश्वकप छनोटको खेलमा पराजित बनेको हो । योसंगै स्पेनको ६६ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
कार्लोस सोलरको गोलमा लुइस एनरिकको टिमले खेलको सुरुवातमै अग्रता लिएको थियो ।
त्यसको १२ सेकेन्ड लगत्तै अलेक्जेन्डर इसाकले स्पेनको कमजोर डिफेन्सको फाईदा उठाउदै बराबरी गोल फर्काएका थिए ।
५७ औं मिनेटमा डेजान कुलुसेवस्कीको पासमा विक्टर क्लेसनले गोल गर्दै स्विडेनलाई ऐतिहासिक जित दिलाए ।
सन् १९९३ मा कोपनहेगनमा स्विडेनको छिमेकी डेनमार्कले विश्वकप छनोटमा स्पेनलाई हराएको थियो । त्यसपछि स्पेनले विश्वकप छनोटमा ५२ खेल जितेको छ भने १४ खेल बराबरी खेलेको छ ।
जितले स्विडेनलाई समूह बीको शीर्ष स्थानमा लगेको छ । उसले तीन खेलबाट ९ अंक जोडेको छ । दोस्रो स्थानको स्पेनको ४ खेलबाट ७ अंक छ ।








-1767150421112.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)
