इकबालले विश्वकप गुमाउने
बुधबार, भदौ १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशका ओपनर तमिम इकबालले आईसीसी टी-ट्वान्टी विश्वकप गुमाउने भएका छन्।
घुँडाको चोटको कारण इकबालले युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप गुमाउने भएका हुन्।
३२ वर्षीय ब्याट्सम्यानले सामाजिक संजालबाट आफुले विश्वकप नखेल्ने बताएका छन्।
इकबालले आफ्नो चोट पूर्ण रुपमा ठिक नभएको बताएका छन्।
२०२० को मार्चपछि उनले बंगलादेशका लागि खेलेका छैनन्।
उनले बंगलादेशका लागि ७८ टी-ट्वान्टी खेलिसकेका छन्।
टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ।
बंगलादेशले अक्टोबर १७ मा स्कटल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।














