जेम्स लिड्समा अनुबन्धित
मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले विंगर डेनियल जेम्सलाई अनुबन्ध गरेको छ ।
लिड्सले म्यानचेस्टर युनाईटेडबाट विंगर जेम्सलाई अनुबन्ध गरेको हो ।
वेल्सका विंगरले लिड्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
युनाईटेडमा दुई सिजन बिताएर जेम्स लिड्स आएका हुन् ।
उनी सन् २०१९ मा स्वान्सीबाट युनाईटेड आएका थिए ।
२३ वर्षीय विंगरले युनाईटेडका लागि ७४ खेलमा ९ गोल गरेका छन् ।
वेल्सका लागि उनले २४ खेलमा ४ गोल गरेका छन् ।





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






