हेण्डरसनद्वारा सम्झौता नवीकरण
मंगलबार, भदौ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।
मिडफिल्डर हेण्डरसनले थप चार वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
हेण्डरसन् २०२५ सम्म एनफिल्डमा बस्ने छन् ।
इंग्ल्यान्डका हेण्डरसन २०११ मा सन्डरल्याण्डबाट लिभरपुल आएका थिए ।
लिभरपुलका लागि उनले ३ सय ९४ खेलमा ३० गोल गरेका छन् ।
३१ वर्षीय हेण्डरसनले लिभरपुलका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग, यूईएफए सुपर कप,फिफा क्लब विश्वकप लगायतका उपाधि जितिसकेका छन् ।
हेण्डरसनले इंग्ल्यान्डका लागि ६४ खेलमा १ गोल गरेका छन् ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






