काठमाडौं । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १५ औं धर्मश्रीको उपाधि जितेका छन् । ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडी पार्दै मिलनले स्वर्ण जितेका हुन् ।
८० केजी माथीको तौल स्पर्धामा मिलनले ५ लाख नगद सहित ब्यानेट तथा ट्रफी हात पारे ।
दोश्रो भएका सेप फिटनेशका महेश्वरले नगद २ लाख प्राप्त गरे । तेश्रो स्थानमा नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाखमा चित्त बुझाए ।
नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित प्रतियोगिताको ५५ केजी तौल स्पर्धामा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए ।
प्रतियोगिताका सबै स्पर्धा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।