काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको पहिलो खेलमा बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
मंगलबार निकालिएको टाइ सिट अनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्।
प्रशिक्षक लामाले पलेशालाई पहिलो प्रतिद्वन्दी सहज परेको बताए । उनले पलेशाले पहिलो खेल सहजै जित्ने बताए ।
पलेशाको खेल शुक्रबार बिहान हुनेछ । बेलायती खेलाडीलाई हराएरमा पलेशाले क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् ।
पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।