शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमबाप्पेको ट्रान्सफर : गाह्रो तर असम्भव होइन

मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता
एमबाप्पेको ट्रान्सफर : गाह्रो तर असम्भव होइन
Loading ad...
mustang rice ad
आज मंगलबार रातिबाट यसपल्टको ट्रान्सफर विन्डो सकिंदैछ । एउटा प्रश्न भने ज्युँका त्युँ छ, के केयलिन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर रियल मड्रिड जाने छन् त ? केही साताको छलफल र हल्लापछि अब के लाग्न थालेको छ भने सायद एमबाप्पे रियल जाने छैनन् । त्यसो त अझै पनि रियल यी फ्रान्सेली खेलाडीलाई अनुबन्ध गर्न चाहन्छ ।
 
अझ रियलको आश मरेको पनि छैन् । तर स्थिति भने पक्कै गाह्रो भएको छ । यसको एउटा अर्को कारण पनि तयार भएको छ र ती हुन्, एडुवार्डो कामाभिन्गाको ट्रान्सफर । यी खेलाडी पीएसजीको नजरमा थिए, तर रियलले उसकै नाकमुनिबाट चोरेर अनुबन्ध गरेको छ । यसले पीएसजीलाई चिढाउने काम मात्र भएको छ । एक प्रकारले पीएसजी झस्किएको छ ।
 
 
सबैको नजर त्यसैले पनि आज मध्य रात के हुनेछ, त्यसमै छ । अबका प्रत्येक घण्टा नाटकीय हुन सक्छन् । सोमबार मात्रै रियलको प्रतिनिधिले पीएसजीका माथिल्ला पदका पदाधिकारीलाई भेटेको थियो । तर यो भेटघाटको नतिजा भने सुखद रहेन् । रियल अध्यक्ष फ्लोरेन्टिना पेरेजले अब एमबाप्पेलाई अनुबन्ध गर्ने प्रक्रिया छाडौं पनि भनिसकेका छन् ।
 
रियलले एमबाप्पेका लागि अब १७ करोड युरो भन्दा बढी तिर्न नसक्ने भनिसकेको छ । यस्तोमा अब सबैले कुर्ने भनेको पीएसजीको जवाफ हो । पीएसजीलाई एउटा डर के छ भने एमबाप्पेसँग उसको अनुबन्ध अर्को वर्ष सकिंदैछ । त्यस्तै भयो भने यिनै एमबाप्पे अर्को सिजन विना कुनै मूल्य उपलब्ध हुन सक्नेछन् ।
 
एमबाप्पे आफै पनि पीएसजी छाडेर रियल जान चाहन्छन् । लियोनल मेस्सी आएपछि टिममा उनले आफ्नो भूमिका र स्थिति कमजोर हुन सक्ने अनुमान गरेका छन्, जुन स्वभाविक पनि हो । यस्तोमा भन्नै पर्ने हुन्छ, एमबाप्पेको ट्रान्सफर गाह्रो छ, तर अम्भव होइन । हेर्दौ जाऔं, अबको घण्टा घण्टामा के के हुनेछ ।

–मार्काको सहयोगमा । 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने