लेविन इंग्ल्यान्डको टिम बाहिर
मंगलबार, भदौ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्ट्राइकर डोमिनिक काल्भर्ट लेविन इंग्ल्यान्डको टिमबाट बाहिरिएका छन् ।
चोटको कारण एभर्टनका स्ट्राइकर लेविन इंग्ल्यान्डको टिमबाट बाहिरिएका हुन् ।
२४ वर्षीय स्ट्राइकरको थाइ इन्जुरी भएको इंग्ल्यान्ड एफएले जनाएको छ ।
प्रिमियर लिग अन्तर्गत शनिबार ब्राइटनविरुद्धको खेलमा उनले चोट बोकेका थिए । उक्त खेलमा एभर्टनले २-० को जित निकालेको थियो ।
अब लेविनले फिफा विश्वकप छनोटका खेलहरु गुमाउने छन् ।
इंग्ल्यान्डले बिहीबार हंगेरीसँग खेल्दैछ । यस्तै आइतबार एन्डोरासँग वेम्बलीमा खेल्दा आगामी बुधबार पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
लेविनले इंग्ल्यान्डको लागि ११ खेलमा ४ गोल गरेका छन् ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






