बिल्बाओको पहिलो जित
शनिबार, १२ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले पहिलो जित निकालेको छ।
शनिबार राति सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गर्दै बिल्बाओले पहिलो जित निकालेको हो।
बिल्बाओको जितमा इनाकी विलियम्सले निर्णायक गोल गरे। उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै बिल्बाओले ३ खेलमा ५ अंक जोडेको छ। बिल्बाओले अघिल्ला दुई खेलमा बराबरी खेलेको थियो ।
सेल्टाको यो दोस्रो हार हो। सेल्टाले ३ खेलमा मात्र १ अंक जोडेको छ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
