सिटीका बेन्जामिन प्रहरी हिरासतमा
शनिबार, १२ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई हिरासतमा राखिएको छ।
प्रहरीले अदालतमा उपस्थित गराएर बेन्जामिनलाई हिरासतमै राखेको बीबीसीले जनाएको छ।
फ्रेन्च डिफेन्डर बेन्जामिनमाथि तीन जनालाई बलात्कार गरेको आरोप लागेको छ। यस्तै एक जनाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
आरोपपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।
बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेपछि सिटीले बेन्जामिनलाई निलम्बन गरिसकेको छ।













