आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

विवाद प्रतिवेदनको निष्कर्श : ‘आफ्नो विवाद आफै मिलाउँ’

बुधबार, भदौ ९, २०७८हिम बिक्रम केसी
विवाद प्रतिवेदनको निष्कर्श : ‘आफ्नो विवाद आफै मिलाउँ’
Classic Tech Internet Ad

काठमाडौं । फुटबल विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्धारा गठित छानविन समितिले एन्फाभित्रको विवाद आफै समाधान गर्न निर्देशन दिन सुझाव दिएको छ ।

करिब दुई हप्ता लगाएर तयार पारिएको प्रतिवेदनको निष्कर्श अनुसार फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षले विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गर्दै अघि बढ्नुपर्ने निष्कर्श निकालेकाे हो ।

राखेपको छानविन समितिले अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफै समाधान गर्न र नसकेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय हस्तक्षेप नगराई अभिभावकिय संस्था, राखेपलाई अनुरोध गर्न समेत निर्देशन दिएको छ ।

नियमनकारी निकाय आफु रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयलाई विवाद छानविनका लागि आग्रह गर्ने एन्फाको निर्णयमा परिषद्ले असन्तुष्टि पोखेको हाे ।

'विवादको उजुरी, छानविन र अनुशासन कायम राख्न एन्फाका आफ्नै निकाय छन् । तर तीन अपूर्ण छन् ।' छानविन समितिका संंयोजक एवंम बोर्ड सदस्य पुरेन्द्रबिक्रम लाखेले भने, 'संस्थाका समितिलाई पूर्णता दिएर विवादको छानविन र समाधान गर्न नसक्नु एन्फाकै कमजोरी देखिन्छ ।'

छानविन समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय पर्यादालाई ध्यानमा राखी कार्य गर्नुपर्ने निष्कर्श निकालेको छ ।

समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपलाई निर्देशन दिन सुझाव दिएको हो ।

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै पदबाट राजीनामा दिने मुख्य प्रशिक्षक अलमुताइरीको घोषणा पछि एन्फा विवाद बाहिर आएको थियो ।

छानविनका क्रममा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गले आफु लक्षित पोस्ट मुख्य प्रशिक्षकले हटाएर सरी भनेको अवस्थामा विवाद समाधानका लागि आफु तयार रहेको बताएका थिए । तर मुख्य प्रशिक्षक अलमुताइरीले सो प्रस्ताव अस्विकार गरेका थिए ।

छानविन समितिले वरिष्ठ उपाध्यक्ष लक्षित पोस्ट हटाउन मुख्य प्रशिक्षकलाई निर्देशन दिन सुझाव दिएका छ ।

मुख्य प्रशिक्षकको सो पोस्टसंगै वरिष्ठ उपाध्यक्षले घटनाको छानविन गर्न एन्फामा निवेदन दिएका थिए । निवेदन दिनेमा मुख्य अलमुताइरी समेत थपिएका थिए ।

एन्फा कार्यसमितिले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले पुरेन्द्र बिक्रम लाखे नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले घटनामा संलग्न कागजात र पात्रसंग सोधपुछ र अनुसन्धान गरेर दुई हप्तापछि राखेपलाई प्रतिवेदन बुझाएको हो ।

मुख्य प्रशिक्षक र दुई पत्रकारबीचको घटनाको सन्दर्भमा छानविन समितिले सात दिनभित्र दुवै पक्षलाई विवाद समाधानका लागि एन्फा नेतृत्वले पहल लिएर समस्या समाधान गर्न निर्देशन दिने सुझाव दिएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल