काठमाडौं । भारतका बलिङ अलराउण्डर शार्दुल ठाकुरले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण शार्दुलले बिहीबारबाट सुरु हुने दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
ह्यामिस्ट्रिङ चोटको कारण उनले दोस्रो खेल गुमाउने भएका हुन् ।
भारतका कप्तान विराट कोहलीले शार्दुलले दोस्रो खेल गुमाउने पुष्टि गरेका छन् ।
भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट लर्ड्समा हुनेछ ।
भारतले इंग्ल्यान्डविरुद्ध पाँच खेलको टेस्ट सिरिज खेलिरहेको छ ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।