पूर्व राष्ट्रिय रेफ्री गुरुङको निधन
बुधबार, २७ श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व राष्ट्रिय रेफ्री तिलक गुरुङको क्यान्सरका कारण निधन भएको छ ।
लामो समय झापामा रहेको फुटबल विकासमा योगदान गरेका गुरुङको बुधबार बिहान निधन भएको हो ।
काठमाडौंमा उपचारको क्रममा गुरुङको निधन भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले जानकारी दिए ।
गुरुङ झापा जिल्ला फुटबल संघका महासचिव र संस्थापक सदस्य पनि थिए ।
उनी विर्तामोड फ्रेन्ड्स क्लबका संस्थापक पनि हुन् । लामो समयदेखि उनी क्यान्सर रोगले पीडित थिए।









-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
