एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ ।
टोकियो ओलम्पिक अन्तर्गत पुरुषको ज्याभलिन थ्रोमा भारतले शनिबार स्वर्ण पदक जितेको हो ।
ओलम्पिक स्टेडियममा निरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् ।
चोपडाले ८७.५८ मिटर थ्रो फाल्दै स्वर्ण पदक हात पारेका हुन् ।
२३ वर्षीय चोपडाले डेब्यु ओलम्पिककै स्वर्ण पदक जितेका हुन् ।
एथलेटिक्सबाट ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी पहिलो भारतीय खेलाडी समेत बने ।
चोपडा ओलम्पिकमा व्यक्तिगत विधातर्फ स्वर्ण पदक जित्ने दोस्रो भारतीय खेलाडी समेत बनेका छन् ।
चेक रिपब्लिकका ज्याकुबले ८६.६७ मिटर थ्रो फाल्दै रजत जित्दा चेककै भिटेजस्लाभले ८५.४४ मिटर थ्रो गर्दै कास्य जितेका छन् ।
चोपडाले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिकमा १ स्वर्ण, २ रजत र ४ कास्य गरि कुल ७ पदक जितेको छ ।