काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १५ औं दिनको खेल जारी रहदा ३ सय ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
शनिबार अपरान्ह १२ बजेसम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
चीनले ३७ स्वर्ण पदकसहित कुल ८१ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३३ स्वर्ण पदकसहित कुल १०१ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २४ स्वर्णसहित कुल ५२ पदक जितेको छ ।
ग्रेट ब्रिटेन १९ स्वर्णसहित ५९ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १७ स्वर्णसहित कुल ६३ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली र जर्मनीले समान १० स्वर्ण जितेको छ । नेदरल्यान्ड्सले ९ स्वर्ण जित्दा फ्रान्स र न्युजिल्याण्डले ७/७ स्वर्ण जितेका छन् ।
क्यानडा, हंगेरी, दक्षिण कोरिया र क्युबाले ६/६ स्वर्ण हात पारेका छन् ।
ब्राजिलले ५ स्वर्ण जित्दा पोल्याण्ड, चेक रिपब्लिक र जमैकाले ४/४ स्वर्ण जितेका छन् ।
त्यस्तै स्पेन, केन्या, नर्वे, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन् ।
दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, बुल्गेरिया, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, सर्बिया र युगान्डा छन् ।
त्यस्तै २३ राष्ट्रले १/१ स्वर्ण पदक जितेका छन् ।