काठमाडौं । ललितपुरको 'ए' डिभिजनको जवालाखेल युथ क्लबलाई लेखनाथ युनाईटेड कास्कीका अध्यक्ष तथा मेडिकल व्यवसायी जीवन वाइबा दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
व्यवसायी वाइबा दम्पतिले क्लबलाई शुक्रबार २ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । जवालाखेल युथ क्लबमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा, क्लबका कप्तान कुलदिप कार्की लगायतको उपस्थिति रहेको टिम व्यवस्थापक कबिर बस्नेतले जानकारी गराए ।
जावलाखेलले सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिगको तयारी गरिरहेको छ ।
क्लबले लिगका लागि कुलदिपको कप्तानीमा ४० खेलाडी अनुबन्ध गरिसकेको ।
शीर्ष डिभिजनको 'ए' लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति तय भएको छैन ।