एजेन्सी । युगान्डाका धावक जोसुवा चेप्टेगेईले टोकियो ओलम्पिक अन्तर्गत ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा जोसुवाले निर्धारित दुरी १२:५८.१५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
यस स्पर्धामा जोसुवाको नाममा विश्व कीर्तिमान रहेको छ । उनले गत वर्ष फ्रान्सको मोनाकोमा १२:३५.३६ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।
२४ वर्षीय जोसुवाले क्यानडाका मोहमद अहमेदलाई पछि पार्दै स्वर्ण जितेका हुन् । रजत जितेका मोहमदले १२:५८.६१ सेकेण्डको समय निकाले ।
यस्तै अमेरिकाका चेलिमो पाउलले १२:५९.०५ सेकेण्डको समय निकाल्दै कास्य पदक जिते ।