काठमाडौं । केल्मी नेपालले नेपाल गल्फ संघसंग प्रायोजन सम्झौता गरेको छ ।
केल्मी नेपालका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार केल्मी नेपालले गल्फको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा खेल सामाग्री उपलब्ध गराउनेछ ।
‘नेपाली गल्फको आधिकारिक खेल सामाग्री नभएको अवस्थामा संघसंग सहकार्य गर्ने अवसर मिलेको छ ।’ केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले भने ।
सम्झौता अनुसार खेलाडीलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्री केल्मीले उपलब्ध गराउनेछ ।
‘गल्फको खेल सामाग्री अब केल्मीको हुनेछ । हरेक गल्फरले केल्मीको सामाग्री प्रयोग गर्नेछन् ।’ न्यौपानले भने ।
नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गर्दै नेपाल प्रवेश गरेको केल्मीले पछिल्लो समय घरेलु खेलकुदका अधिकांश क्लब तथा खेलमा आबद्ध छ ।
राष्ट्रिय भलिबल टिमको मुख्य प्रायोजक रहेको केल्मी तीन विभागीय टिम पुलिस, आर्मी र एपीएफको समेत आधिकारिक खेल सामाग्री कम्पनी हो ।
केल्मीले नेपाल ओलम्पिक कमिटी सहित कराँते, तेक्वान्दो, पारा तेक्वान्दो सहित विभिन्न खेलमा आफुलाई आबद्ध गरेको छ ।