एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १३ औं दिनको खेल सकिदा २ सय ५३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
चीनले ३४ स्वर्ण पदकसहित कुल ७४ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २९ स्वर्ण पदकसहित कुल ९१ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्णसहित कुल ४६ पदक जितेको छ ।
अष्ट्रेलियाले १७ स्वर्णसहित ४१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १६ स्वर्णसहित कुल ५८ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले १६ स्वर्ण जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ । न्युजिल्याण्ड, फ्रान्स, नेदरल्यान्ड्स र इटालीले ७/७ स्वर्ण हात पारेका छन् ।
दक्षिण कोरियाले ६ स्वर्ण जित्दा क्यानडा, क्युवा र हंगेरीले ५/५ स्वर्ण जितेका छन् ।
ब्राजिल र चेक रिपब्लिकले ४/४ स्वर्ण हात पार्दा स्पेन, स्विट्जरल्यान्ड, पोल्याण्ड, जमैका, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।
दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।
त्यस्तै २८ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।