एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १३ औं दिनको खेल जारी रहदा २ सय ५२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६१ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
बिहीबार अपरान्ह १२ बजेसम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
चीनले ३२ स्वर्ण पदकसहित कुल ७१ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २७ स्वर्ण पदकसहित कुल ८४ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४१ पदक जितेको छ ।
अष्ट्रेलियाले १७ स्वर्णसहित ३८ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन १५ स्वर्णसहित कुल ४९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ । न्युजिल्याण्डले ७ स्वर्ण जित्दा फ्रान्स, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन् ।
क्युवा र हंगेरीले ५/५ स्वर्ण जित्दा क्यानडा, ब्राजिल र चेक रिपब्लिकले ४/४ स्वर्ण हात पारेका छन् ।
पोल्याण्ड, जमैका स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।
दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।
त्यस्तै २८ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।