चेल्सी र टोटेनहमको बराबरी
बिहिबार, २१ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।
बुधबार राति भएको मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।
स्टामफोर्ड ब्रिजमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो ।
हाकिम जिएचले १६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा जिएचले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ५६ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टोटेनहमलाई हारबाट जोगाए ।









-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
