काठमाडौं । जापानको टोकियोमा आयोजना हुने पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई केल्मी नेपालले प्रायोजन गरेको छ ।
नेपाल पाराओलम्पिक कमिटिले बुधबार नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिसँग प्रायोजन सम्बन्धि सम्झौता गरेको छ ।
केल्मीले पाराओलम्पिक टिमलाई चार वर्षको लागि प्रायोजन गरेको हो । कामरु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराओलम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै पाराओलम्पिकमा सहभागिता जनाउने नेपाली टोलीलाई केल्मीले खेल सामाग्री उपलब्ध गराउने छ । यस्तै अन्य अन्तराष्ट्रिय प्रतियोगितामा समेत नेपालले केल्मीको खेल पोशाक लगाउने छन् ।
पाराओलम्पिक आगामी २४ अगस्ट देखि ५ सेप्टेम्बरसम्म आयोजना हुनेछ ।
पाराओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् । उनले के ४४ अन्तर्गत ५८ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
यस्तै प्रशिक्षक कविराज नेगी लामा, सेफ दि मिसनमा सरोज श्रेष्ठ र डाक्टर दीपक श्रेष्ठ जापान जाने छन् ।