एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल जारी रहदा २३० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
बुधबार अपरान्हसम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो ।
चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७६ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २० स्वर्णसहित कुल ३९ पदक जितेको छ ।
अष्ट्रेलिया १५ स्वर्णसहित ३५ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेन १३ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ । फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन् ।
इटालीले ५ स्वर्ण जित्दा हंगेरी, ब्राजिल, क्युबा र चेक रिपब्लिकले ४/४ स्वर्ण तथा क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।
२ स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, पोल्याण्ड, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् ।
त्यस्तै २६ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।