एजेन्सी । जमैकाकी एलेन थम्पसन हेराले टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर दौडमा स्वर्ण जितेकी छिन् ।
शनिबार थम्पसनले ओलम्पिक रेकर्डसहित स्वर्ण पदक जितेकी हुन् । थम्पसनले निर्धारित दुरी १०.६१ सकेन्डमा पूरा गरिन् ।
यस स्पर्धामा अमेरिकी खेलाडी फ्लोरेन्स ग्रिफिथ जोयनरको नाममा विश्व कीर्तिमान रहेको छ । फ्लोरेन्सले ३३ वर्ष अगाडी १०.४९ सकेन्डको कीर्तिमान बनाएकी हुन् ।
२९ वर्षिया थम्पसनले आफ्नै देशकी शेली फ्रासेर र शेरिक्का ज्याक्सनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
शेलीले १०.७४ सकेन्डको समय निकाल्दै रजत र ज्याक्सनले १०.७६ सकेन्डको समय निकाल्दै कास्य जितिन् ।