काठमाडौं । एथलेटिक्स खेलाडी सरस्वती चौधरीले ओलम्पिक खेल्ने आफ्नो सपना पूरा भएको बताएकी छिन् ।
जापानमा जारी टोकियो ओलम्पिकमा शुक्रबार प्रतिस्पर्धा गरेपछि सरस्वतीले ओलम्पिक खेल्ने पूरा भएको बताएकी हुन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वतीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेको थिइन् ।
'ओलम्पिक खेल्ने लक्ष्य थियो । त्यहाँसम्म पुगे । ओलम्पिक खेलेर नेपालको नाम राख्न सके,' उनले भनिन् ।
पहिलो पटक ओलम्पिक खेलेकी सरस्वती पहिलो चरणबाटै बाहिरिईन् । सरस्वतीले निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन् ।
दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।
सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ ।
सरस्वतीले ओलम्पिकमा राम्रो गर्न असफल भएपनि आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने योजना रहेको बताईन ।
'सोचेको जस्तो खेलमा राम्रो गर्न सकिन । आउने खेलमा म राम्रो गर्नेछु । उत्कृष्ट दिनेछु । राम्रो गर्दै जानेछु,' सरस्वतीले भनिन् ।